दसैंको अन्तिम दिन : टीका थाप्ने र उपत्यका फर्किनेको चहलपहल


२०८३ कार्तिक ९ आइतबार १५:२२ बजे

काठमाडौं : दसैंको अन्तिम दिन आइतबार काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। 

मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्न जाने तथा दसैं मनाउन उपत्यकाबाहिर गएकाहरू फर्किन थालेपछि सडकमा चहलपहल देखिएको हो।

आश्विन शुक्ल चतुर्दशी र कोजाग्रत पूर्णिमाका अवसरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी छ। 

विजयादशमीदेखि सुरु भएको टीका थाप्ने र आशीर्वाद लिने परम्परा कोजाग्रत पूर्णिमासम्म चल्ने गर्छ।

दसैं मनाउन काठमाडौं उपत्यकाबाट गाउँघर गएकाहरू फर्किन थालेसँगै सडकमा सवारीसाधनको चापसमेत बढेको छ। कोजाग्रत पूर्णिमासँगै यस वर्षको दसैं औपचारिक रूपमा समापन हुँदैछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७