यी हुन् मन्त्रिपरिषद् बैठकका ८ मुख्य निर्णय (सूचीसहित)
गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गर्ने निर्णय
काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका आठ प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गर्ने निर्णयसहित प्रशासन, शिक्षा, स्वास्थ्य, मानव अधिकार र सुशासनसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।
मन्त्रिपरिषद्का ८ प्रमुख निर्णय
१. मुख्य सचिव नियुक्ति
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गर्ने निर्णय।
२. विकास आयुक्त नियुक्ति
काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय।
३. गेटा अस्पताल सञ्चालन
कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान।
४. विदेशी शैक्षिक कार्यक्रम नियमन
‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३’ स्वीकृत।
५. शैक्षिक परामर्श नियमावली
‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत।
६. कारागार नियमावली
‘कारागार नियमावली, २०८३’ स्वीकृत।
७. मानव अधिकार कार्ययोजना
मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत।
८. भ्रष्टाचारविरुद्ध रणनीति
भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक कार्ययोजना स्वीकृत।
सरकारका अनुसार यी निर्णय कार्यान्वयनसँगै प्रशासनिक सुधार, शिक्षा क्षेत्रको नियमन, स्वास्थ्य सेवा विस्तार, मानव अधिकार संरक्षण तथा सुशासन प्रवर्द्धनमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।
.gif)

.png)

