आज जुम्लामा सार्वजनिक बिदा


२०८३ असोज २२ बिहीबार ०८:४३ बजे
फाइल फोटो

जुम्ला : कर्णाली प्रदेश सरकारले चन्दननाथ र भैरवनाथ मन्दिरमा हुने परम्परागत लिंगो तान्ने पर्वका अवसरमा आज जुम्ला जिल्लाभर सार्वजनिक बिदा दिएको छ ।

हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिंगो तान्ने धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ।

त्यसै अवसरमा प्रदेश सरकारले जुम्लाभर सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार विकले जानकारी दिए ।

चन्दननाथ–भैरवनाथ मन्दिरको वार्षिक स्थापना दिवसका अवसरमा लिंगो तान्ने परम्परा रहिआएको छ । यस दिन मन्दिरमा रहेको पुरानो लिंगो निकालेर नयाँ लिंगो ठड्याउने गरिन्छ ।

यो परम्परा धार्मिक आस्था र स्थानीय संस्कृतिसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ ।

लिंगो तान्ने कार्यक्रममा स्थानीय बासिन्दाका साथै भक्तजनको समेत सहभागिता रहने गर्दछ । पर्वका अवसरमा मन्दिर परिसरमा विशेष धार्मिक गतिविधि तथा पूजाआजा हुने गर्दछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७