आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा


२०८२ चैत ४ बुधबार ०८:१३ बजे

काठमाडौँ : काठमाडौंमा प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ। पर्वका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकलाको प्रदर्शन गर्दै विशेष समारोह आयोजना गर्दैछ। उक्त कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बस्ने गुरुमापा नामक राक्षसले शहरका बालबालिकालाई दुःख दिने गर्थ्यो। स्थानीयवासीले विभिन्न उपाय अपनाएर त्यसलाई संहार गरेका थिए। तर प्रेतात्मा पुनः सक्रिय भई अनिष्ट गर्न सक्ने विश्वासका कारण प्रत्येक वर्ष घोडेजात्रा गरी घोडाको टापले गुरुमापाको आत्मालाई दबाउने परम्परा रहँदै आएको छ।

बालबालिकाको सुरक्षाका लागि सोही स्थानमा राति गुरुमापालाई खानेकुरा चढाउने चलन पनि छ। यसो गर्दा वर्षभर बालबालिकालाई कुनै हानि नहुने विश्वास गरिन्छ।

यसै दिन ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७