एनपीएल तेस्रो संस्करणको तयारी तीव्र
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारी तीव्र पारिएको छ। तयारी स्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम तीव्र पारिएको छ।
आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म आयोजना हुने एनपीएलका लागि मैदानको भौतिक संरचना सुधारसँगै प्रवेशद्वार, दर्शक व्यवस्थापन तथा अन्य आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ।
.jpeg)
एनपीएल सुरु हुनुअघि आवश्यक तयारी पूरा गर्ने लक्ष्यसहित मैदानको स्तरोन्नति र व्यवस्थापनलाई तीव्रता दिइएको हो। अहिले अधिकांश पूर्वाधार निर्माण तथा सुधारका काम अन्तिम चरणमा पुगेका छन्।
प्रतियोगिताका क्रममा खेलाडी तथा दर्शकलाई सहज हुने गरी मैदानको व्यवस्थापन र प्रवेश प्रणालीलाई समेत व्यवस्थित बनाउने तयारी गरिएको छ।
एनपीएलको तेस्रो संस्करणमा सहभागी टोलीका खेल तथा दर्शकको चापलाई ध्यानमा राख्दै कीर्तिपुर मैदानमा आवश्यक संरचना थप तथा सुधारको काम भइरहेको हो।
.jpeg)
.gif)

.png)


