बौद्धस्थित भाटभटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा
काठमाडौं : गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेको बौद्धस्थित भाटभटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ।भाटभटेनी सुपर मार्केटका भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलका अनुसार, स्टोरको पुनर्निर्माण कार्य सम्पन्न गरी आजदेखि नियमित सेवा सुरु गरिएको हो।
पौडेलले आधुनिक सुविधासहित पहिलेकै जस्तै गुणस्तरीय सेवा ग्राहकहरूलाई उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताए। उनले भने, ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको व्यहोरा समेत जानकारी गराइन्छ ।'
सम्पूर्ण भौतिक संरचना ध्वस्त पारिएको बौद्ध भाटभटेनी पुनः सञ्चालनमा ल्याउन ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर सहयोग र विश्वासप्रति भाटभटेनीले आभार व्यक्त गरेको छ।
.gif)

.png)


