सञ्चालनमा आयो भाटभटेनी
काठमाडौँ : जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण गम्भीर क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ।
बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी बिहिबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।
नेपालकै सबैभन्दा ठुलो सुपरमार्केट मानिने भाटभटेनीका १२ स्टोरमा आन्दोलनका क्रममा करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो।
आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनः निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो।
व्यवस्थापनका अनुसार ठुलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउन काम तीव्र गतिमा अघि बढाइएको थियो।
बिहिबारदेखि गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ।
.gif)

.png)


