किशोर महतोको चार विकेटपछि सुदूरपश्चिम ८७ रनमै समेटियो
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भयो। लुम्बिनीका बलर किशोर महतोले चार विकेट लिएपछि सुदूरपश्चिमको ब्याटिङ धराशायी बनेको हो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले २३ बल खेले। शैफ अली जैबले १४ बलमा १३ रन जोडे। अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमका विनोद भण्डारीले ९, इशान पाण्डेले ७, ब्रान्डन म्याकमुलेनले २ र शेरफन रदरफोर्डले १ रन बनाए। आरिफ शेख, स्कट कुगेलेइन र हेमन्त धामी शून्य रनमा आउट भए।
लुम्बिनीका लागि किशोर महतोले चार र शेर मल्लले तीन विकेट लिए। त्यस्तै शाड्ली भान, तिलकराज भण्डारी र कप्तान रोहितकुमार पौडेलले एक–एक विकेट लिए।
अब लुम्बिनीले उद्घाटन खेल जित्न ८८ रन बनाउनुपर्नेछ।
.gif)

.png)



