फ्लाईदुबई एयरलाइन्सले थाल्यो काबुलका लागि उडान


२०८० मङ्सिर १ शुक्रबार ११:४७ बजे

काठमाडौं । फ्लाईदुबई एयरलाइन्सले काबुलका लागि उडान सुचारु गरेको छ । एयरलाइन्सले दुबई र अफगानिस्तानको राजधानी काबुलबिचको उडान पुनः सुरु गरेको अफगानिस्तानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

युएईको अर्को एयरलाइन्स एयर अरेबियाले पनि चाँडै काबुलका लागि उडान सुरु गर्ने जनाएको छ । सन् २०२१ को अगस्टको अन्त्यमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको गठबन्धन सेना फिर्ता भएदेखि लगभग सबै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले युद्धग्रस्त देशमा उडानहरू स्थगित गरेका छन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७