कालीगण्डकीको बाढीले पर्वतमा ८० घर बगायो
काठमाडौं : कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से बस्तीका ८० घर बगाएको छ।
बाढी बस्तीमा पसेपछि ८० घर बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। शनिबार रातिदेखि नै बाढी बस्तीमा पस्न थालेपछि स्थानीय सुरक्षित स्थानतर्फ लागेका थिए।
मानवीय क्षतिबारे भने अहिलेसम्म कुनै विवरण प्राप्त नभएको सशस्त्र प्रहरीले जनाएको छ।
अन्य घरसमेत उच्च जोखिममा रहेको सूचना आएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीयलाई तथा घरका सामानलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ। बाढीका कारण विद्युत् आपूर्ति बन्द हुनुका साथै फोन सम्पर्कमा समेत समस्या आएको जनाइएको छ।
.gif)

.png)


