एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं : नेकपा एमालेको केन्द्रीय समितिमा ३३ जना नयाँ सदस्य थपिएका छन्। मनोनीत केन्द्रीय सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा कार्यक्रमको आयोजना गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत सदस्यहरूलाई शपथ गराएका हुन्।
एमालेको असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। बिहीबार नै शपथको कार्यक्रम तय भए पनि एमाले नेता घनेन्द्र बस्नेतको निधन भएपछि कार्यक्रम स्थगित गरिएको थियो।
यी हुन् एमालेका मनोनीत केन्द्रीय सदस्यः
१. काशीनाथ अधिकारी — चितवन
२. देवराज घिमिरे — झापा
३. हरि रिजाल — प्यूठान
४. पासाङ शेर्पा — ताप्लेजुङ
५. नरेन्द्र भट्टराई — इलाम
६. नन्दराम देवकोटा — खोटाङ
७. धर्म गिरी — प्यूठान
८. नारायण घर्ती — जाजरकोट
९. विद्यासुन्दर शाक्य — काठमाडौं
१०. शान्तिलाल महत — जुम्ला
११. पोल्तेन छेपाङ गुरुङ — मनाङ
१२. प्रेम दङ्गाल — काठमाडौं
१३. सुरेन्द्र उदास — भोजपुर
१४. विनोद पाण्डे — काठमाडौं
१५. पुष्पराज श्रेष्ठ — सिन्धुली
१६. विमला घिमिरे — कपिलवस्तु
१७. शिवमाया तुम्बाहाम्फे — मोरङ
१८. कौशिला खत्री — जाजरकोट
१९. जानुका सिम्खडा — धादिङ
२०. बिना बास्तोला — भक्तपुर
२१. मोहम्मद इस्तियाक राई — बाँके
२२. प्रदीप यादव — पर्सा
२३. अब्दुल हुसैन अन्सारी — सुनसरी
२४. डिबी कार्की — स्याङ्जा
२५. भवानी खापुङ — तेह्रथुम
२६. दीपक साउद — अछाम
२७. जय गोले तामाङ — काठमाडौं
२८. धर्मराज निरौला — सुनसरी
२९. रवि चाम्लिङ — खोटाङ
३०. विनोद पहाडी — रुपन्देही
३१. श्रीप्रसाद शर्मा — बागलुङ
३२. रामप्रीत राम — सिराहा
३३. ध्रुव विष्ट — भक्तपुर
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.gif)

.png)


