नौ लाख घुस लिँदालिँदै नापी अधिकृत अख्तियारको फन्दामा


२०८३ असोज १ बिहीबार १७:३१ बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ लाख रुपैयाँ घुससहित नापी अधिकृत डिल्लीबहादुर वलीलाई नियन्त्रणमा लिएको छ। वली नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख हुन्। 

उक्त उजुरीका आधारमा आयोगको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले वलीलाई नौ लाख रुपैयाँ लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वलीलाई भदौ ३१ गते काठमाडौँको टोखा नगरपालिका–५ स्थित वसुन्धरा चोकको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिइएको थियो।

वलीविरुद्ध घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा असोज १ गते विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ। आयोगका अनुसार छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजु पठाउने क्रममा उनले सेवाग्राहीलाई अनावश्यक सास्ती र हैरानी दिँदै घुस मागेको उजुरी परेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७