चिलिमेमा मृत फेला परेका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण


२०८३ असोज १ बिहीबार १५:४१ बजे

काठमाडौं : चिलिमे जलविद्युत् केन्द्रमा बाढीपछि मृत फेला परेका पाँच कर्मचारीको शव पहिचान गरी सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ। नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार भोटेकोशी नदीमा आएको बाढीका क्रममा जलविद्युत् केन्द्रमा कार्यरत पाँच कर्मचारी फसेका थिए।

मृत्यु हुनेमा इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदार श्यामबहादुर थापामगर, चौकीदार तिलकबहादुर थापामगर र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङ छन्। उनीहरूको शव बुधबार जलविद्युत् केन्द्रको सुरुङको बाहिरी भागबाट करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा फेला परेको थियो। पहिचानपछि शव आज परिवारजनलाई बुझाइएको एसपी रेग्मीले जानकारी दिए। 

उद्धार तथा शव निकाल्ने कार्यमा नेपाली सेनाका बाहिनीपतिको कमान्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी परिचालन भएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७