उदयपुरमा १०० किलो गाँजासहित एक जना पक्राउ
उदयपुर : उदयपुरमा करिब १०० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ धपेनीका २२ वर्षीय विश्वराज राई रहेका छन्।
प्रहरीका अनुसार उनलाई कटारी नगरपालिका–६ स्थित सागुरी पुलनजिकको वनबाट आइतबार राति पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले पाँचवटा बोरामा राखिएको करिब १०० किलोग्राम गाँजासहित राईलाई नियन्त्रणमा लिएको जनाएको छ।
उक्त कारोबारमा संलग्न रहेको आशंकामा अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानसमेत भइरहेको छ।
.gif)

.png)


