घाँगी भिरबाट निस्किरहेको धुवाँमा कार्बन मोनोअक्साइड ग्यास, भूगर्भ विभागले थाल्यो अध्ययन (१० तस्बिर)


२०८३ असोज १ बिहीबार ०९:२० बजे
तस्बिरहरू : राजु सुबेदी ‘कल्पित’/नेपाल फोटो सर्भिस (NPS)

नवलपुर : नवलपुरको हुप्सेकोट गाउँपालिका–६, पेलेगास्थित घाँगी भिरमा जमिनमुनिबाट लगातार निस्किरहेको धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागका प्रतिनिधिले स्थलगत अध्ययनका क्रममा धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको बताएका हुन्।

धुवाँ निस्किनुको कारणबारे थप अध्ययन गर्न विभागको टोलीले घटनास्थलबाट माटो, ढुंगा तथा धुवाँका अवशेषका नमुना संकलन गरेको छ। संकलित नमुनाहरू प्रयोगशालामा परीक्षण गरेपछि जमिनमुनिबाट धुवाँ निस्किनुको वास्तविक कारणबारे थप तथ्य पत्ता लाग्ने विभागले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७