भारतीय संसद बाहिर धुवाँ फाल्ने पक्राउ


२०८० मङ्सिर २७ बुधबार १६:४३ बजे

नयाँदिल्ली । भारतीय संसद बाहिर बुधबार दिउँसो रंगीन धुवाँ निकालेको आरोपमा एक पुरुष र एक महिलालाई पक्राउ गरिएको छ । लोकसभामा अडिटोरियमबाट हाम फाल्ने दुई जना पनि पक्राउ परेका छन् ।

बाहिर नाराबाजी गरिरहेका दुवै जनालाई संसदको सुरक्षामा खटिएका सुरक्षाकर्मीले समातेका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा नीलो पोशाक लगाएकी एक महिला प्रहरी एक महिलालाई समातेर लैजाँदै गरेको देखिन्छ ।

यस क्रममा महिलाले नारा लगाएको सुनिन्छ । भिडियोमा महिलाले ‘भारत माता की जय, तानाशाही बन्द गर, जय भीम–जय भारत, संविधान बचाओ’ भन्ने नारा लगाएको सुन्न सकिन्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७