पेट्रोलियम पदार्थको खरिद मूल्य बढ्यो, तर निगमले नबढाउने (सूचिसहित)
काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले तत्काल खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ । निगमका अनुसार भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव भइरहेका बेला आईओसीबाट पनि बढेको मूल्य प्राप्त भएको निगमले जनाएको छ ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रभावित भइरहेको निगमको भनाइ छ । तर, नेपालमा पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र त्यसबाट सिर्जित कठिन परिस्थितिलाई ध्यानमा राख्दै सर्वसाधारणलाई थप आर्थिक भार नपरोस् भनेर मूल्य यथावत् राख्ने निर्णय गरिएको हो ।
निगम सञ्चालक समितिले गरेको निर्णयअनुसार साविककै खुद्रा बिक्री मूल्य २०८३ भदौ ३१ गते अर्थात् १६ सेप्टेम्बर २०२६ देखि लागू भएको छ । निगमले नयाँ खरिद मूल्यअनुसार बिक्री मूल्य समायोजन नगर्दा संस्थालाई पाक्षिक रूपमा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने जनाएको छ । मूल्य नबढाउने निर्णयको आर्थिक भार निगमले नै व्यहोर्ने भएको छ ।
निर्णयअनुसार काठमाडौँ, पोखरा र दिपायललगायतका क्षेत्रमा पेट्रोल र डिजेल प्रतिलिटर २०० रुपैयाँमै बिक्री हुनेछ । यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको छ । यसअघि नै बाढी तथा पहिरोका कारण प्रभावित नागरिकले राहत, पुनःस्थापना र दैनिक उपभोग्य वस्तुको अभावलगायतका समस्या झेलिरहेका बेला इन्धनको मूल्य नबढाउने निर्णय गरिएको निगमले जनाएको छ ।
हेर्नूहोस् सूचिः

.gif)

.png)

