प्रधानमन्त्रीलाई वर्षमानको सुझाव : अन्तर्राष्ट्रिय समुदायसँग विपद्को क्षतिपूर्ति मागौँ


२०८३ भदौ १८ बिहीबार १६:०९ बजे

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सांसद वर्षमान पुनले भोटेकोशी बाढीबाट भएको क्षति र भविष्यमा आउन सक्ने विपद्को जोखिम न्यूनीकरणका लागि सरकारलाई विभिन्न सुझाव दिएका छन्। बिहीबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको भेटमा पुनले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका लागि दातृ सम्मेलन आयोजना गर्नुपर्ने सुझाव दिएका हुन्।

विश्वव्यापी कार्बन उत्सर्जन, जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमालय क्षेत्रमा विपद्का घटना बढिरहेको भन्दै उनले नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष क्षतिपूर्ति दाबी गर्नुपर्ने बताए। त्यसका लागि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर नेपालको अवस्था र क्षतिका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्ने पुनको सुझाव थियो। 

पुनले विपद् व्यवस्थापनका लागि सरकार, राजनीतिक दल तथा सबै पक्षबीच राष्ट्रिय एकता र समन्वय आवश्यक रहेको बताए। सरकारले सर्वदलीय बैठक, राष्ट्रिय समन्वय परिषद्को बैठकलगायत आवश्यक छलफल र परामर्श गरी एकीकृत राष्ट्रिय शक्ति निर्माण गरेर विपद्को सामना गर्नुपर्ने उनको सुझाव थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७