भोटेकोशी बाढी : मृतकको संख्या ९८७ पुग्यो, अझै ३ हजार ९१६ सम्पर्कविहीन


२०८३ भदौ १६ मंगलबार १२:०० बजे
फाइल फोटो

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ९ सय ८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म प्रभावित विभिन्न जिल्लाबाट ९८७ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा ठूलो मानवीय क्षति चितवनमा भएको छ। त्यहाँ मात्रै ३२१ जनाको शव फेला परेको छ। यसैगरी पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

बाढीपछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको तथ्यांक सार्वजनिक गरिएको छ। सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका तीन कर्मचारी रहेका छन्। यसैबीच, विपद् प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

बेपत्ता भएकाको खोजी तथा उद्धार र राहत वितरणका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार बाढीपछिको खोज तथा उद्धार अभियानमा २१ हजार ११ सुरक्षाकर्मी परिचालित छन्। बाढी प्रभावित विभिन्न जिल्लामा बेपत्ताको खोजी, शव संकलन तथा उद्धार कार्य जारी रहेकाले मृतक र सम्पर्कविहीनको संख्या थप परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ।

यस्तो छ विवरणः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७