आठ घण्टाको प्रयासपछि बैंकको लकर निकालियो, डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित


२०८३ भदौ १५ सोमबार ०८:५१ बजे

काठमाडौं : नुवाकोटको त्रिशूलीस्थित ढुंगे बजारमा बाढीले क्षतिग्रस्त बनाएको कृषि विकास बैंकको भवनबाट प्रहरीले नगद, सुन तथा महत्त्वपूर्ण कागजात रहेको लकर सुरक्षित निकालेको छ। प्रहरीका अनुसार आइतबार बेलुकी करिब आठ घण्टाको प्रयासपछि बैंकको भवनबाट लकर निकालिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार उक्त लकरभित्र करिब १ करोड ५० लाख रुपैयाँ नगद तथा ५० करोड रुपैयाँ बराबरको सुन रहेको थियो। साथै महत्त्वपूर्ण बैंकिङ कागजातसमेत लकरभित्र रहेको जनाइएको छ। बाढीका कारण बैंकको भवनमा क्षति पुगेपछि लकर निकाल्न प्रहरी टोली परिचालन गरिएको थियो। जोखिमपूर्ण अवस्थामा समेत सुरक्षाकर्मीले निरन्तर प्रयास गरेर सेफलाई भवनबाट बाहिर निकालेका हुन्।

लकरलाई हाल सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। बैंकभित्र रहेको नगद, सुन तथा महत्त्वपूर्ण कागजातलाई थप क्षति हुन नदिन सुरक्षाकर्मीले आवश्यक सुरक्षा व्यवस्था मिलाएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७