कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल

काठमाडौं । कृषि विकास बैंक सञ्चालक समितिको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको अध्यक्ष बन्ने गरी उनलाई अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो ।
सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो । व्यवस्थापकीय क्षमताका आधारमा पौडेललाई कृषि विकास बैंक सञ्चालकमा पठाइएको मन्त्रालयले जनाएको छ ।
नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्ष बढीको अनुभव छ ।
वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने योजनाकार पौडेलले चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पताल जस्ता संस्थाहरूको सफलता पूर्वक नेतृत्व गरिसकेका छन् ।
वित्त तथा व्यवस्थापन परामर्श दाताको रूपमा देश तथा विदेशका १०० बढी कम्पनीहरूलाई सेवा प्रदान गरिसकेका पौडेल हाल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जि लिमिटेडका समेत अध्यक्ष छन् ।