रसुवा बाढी : सम्पर्कविहीन ६४ प्रहरीमध्ये ३६ जना सम्पर्कमा
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका ६४ प्रहरीमध्ये ३६ जना प्रहरी कर्मचारी सम्पर्कमा आएका छन्। अझै २८ जना प्रहरी कर्मचारीको अवस्था अज्ञात रहेको नेपाल प्रहरीले जनाएको छ।
बिहीबार बिहान ५ बजे जारी प्रहरी बुलेटिनअनुसार इलाका प्रहरी कार्यालय टिमुरेका २३ प्रहरीमध्ये १३ जना सम्पर्कमा आएका छन्। प्रहरी चौकी रसुवागढीका ९ मध्ये १ जना, स्याफ्रुबेंसीका ८ मध्ये ५ जना तथा मैलुङ प्रहरी चौकीका ८ मध्ये ३ जना सम्पर्कमा आएका छन्। त्यस्तै, बेत्रावती प्रहरी चौकीमा कार्यरत १० मध्ये ९ जना र हाकु प्रहरी चौकीका ६ मध्ये ५ जना प्रहरी पनि सम्पर्कमा आएका छन्।
प्रहरीले सम्पर्कमा आएका कर्मचारीको अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले बाँकी सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजीसमेत भइरहेको छ।
.gif)

.png)

