रसुवागढी भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी तथा उद्धार तीव्र


२०८३ भदौ १० बुधबार १३:५३ बजे

काठमाडौं : रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका १४ कर्मचारी अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको अर्थ मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवा भन्सार कार्यालयमा कुल ३६ वटा स्थायी दरबन्दी छन्। तीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना स्थायी कर्मचारी सम्पर्कमा आएका छन्। त्यस्तै, कार्यालयमा कार्यरत चार जना करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना पनि सम्पर्कमा आएका छन्। बाँकी ११ जना स्थायी र तीन जना करार तथा ज्यालादारी कर्मचारी गरी १४ जना अझै सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।

बाढीका कारण भन्सार कार्यालय तथा आसपासको क्षेत्रमा ठूलो क्षति पुगेपछि कर्मचारीहरूको अवस्थाबारे तत्काल यकिन हुन सकेको थिएन। अहिले सुरक्षाकर्मी तथा सम्बन्धित निकायको समन्वयमा सम्पर्कविहीन कर्मचारीको खोजीलाई प्राथमिकतामा राखिएको छ। मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरी सम्भावित स्थानमा खोजी भइरहेको छ। बाढीको बहाव, क्षतिग्रस्त संरचना र प्रभावित भूगोलका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।

सम्पर्कमा आएका कर्मचारीलाई सुरक्षित स्थानमा राख्ने तथा बाँकी कर्मचारीको अवस्थाबारे जानकारी प्राप्त गर्न निरन्तर समन्वय भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७