सोमबार देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी


२०८३ भदौ ८ सोमबार ०६:५४ बजे

काठमाडौँ : मनसुन सक्रिय रहँदा सोमबार देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभरको मौसम सामान्यदेखि पूर्ण बदलीतर्फ रहेको छ।  हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। यस्तै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ।

सोमबार दिनभर देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा समेत केही स्थानमा वर्षा हुनसक्नेछ। त्यस्तै, मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७