सिरहामा गोली लागेका एक जनाको मृत्यु


२०८३ श्रावण १४ बिहीबार १६:३३ बजे

सिरहा :  सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) चेतराज बरालका अनुसार औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको हो ।

‘मृत्यु भएको भन्ने खबर आएको छ । औरही गाउँपालिका–२ का गणेश यादवको निधन भएको खबर हामीले पाएका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने ।

उनका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ । घटनापछि सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुनसरीको कप्तानगञ्ज घटनापछि सिरहाका विभिन्न स्थानमा प्रदर्शन र झडप चर्किएपछि प्रशासनले गोलबजार, लहानलगायतका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रशासनले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७