कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया


२०८३ असार २८ आइतबार १६:०१ बजे

काठमाडौँ – चर्चित हास्य कलाकार एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। केही समययता स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।

वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सकहरूको टोलीले उनको मस्तिष्कको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरी हटाएको हो। अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफल भएको छ र हाल उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ।

चिकित्सकहरूका अनुसार उनको मस्तिष्कबाट निकालिएको ट्युमरको प्रकृति (क्यान्सरयुक्त हो वा होइन) खुट्याउन परीक्षणका लागि बायोप्सी प्रयोगशालामा पठाइएको छ। उक्त परीक्षणको रिपोर्ट भने आउन बाँकी छ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि अभिनय र निर्देशनमा सक्रिय निरौलाका प्रशंसक तथा शुभचिन्तकहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७