कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पस्यो, रातभर सुकुमवासीको विचल्ली
काठमाडाैं : अविरल वर्षाका कारण बागमती नदीमा आएको भीषण बाढीले कीर्तिपुरस्थित सरकारी होल्डिङ सेन्टर डुबानमा पर्दा त्यहाँ आश्रय लिइरहेका सुकुमवासीहरूको बिचल्ली भएको छ।
बाढी एक्कासि होल्डिङ सेन्टरमा पस्दा सुतिरहेका बासिन्दाहरू जोखिममा परेका छन् र पानीको सतह घुँडाभन्दा माथिसम्म पुगेपछि उनीहरू ज्यान जोगाउन कीर्तिपुरको मुख्य सडकमा निस्कन बाध्य भएका छन्। लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामानहरू डुबेका छन् ।
बस्ने कोठा र सामानहरू सबै डुबेकाले बालबालिका र वृद्धवृद्धाहरू बढी समस्यामा परेका छन् । नदी किनारका बस्तीहरूलाई सुरक्षित राख्ने उद्देश्यले सरकारले स्थानान्तरण गरेका सुकुमवासीहरू नै पुनः बाढीको चपेटामा परेपछि सरकारी व्यवस्थापन र पूर्वतयारीको संयन्त्रमाथि गम्भीर प्रश्न उब्जिएको छ।
.gif)

.png)

