कोशी प्रदेशको विनियोजन विधेयक बहुमतले पारित


२०८३ असार २४ बुधबार १५:४९ बजे

विराटनगर । कोशी प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०८३र८४ का लागि विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले ‘आर्थिक वर्ष २०८३र८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ बहुमतले पारित गरेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले सदनमा उक्त विधेयक पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो । यसअघि प्रदेशसभा सदस्यहरू गोम्बू शेर्पा र सपना दर्जीले विभिन्न शीर्षकमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव भने बहुमतले अस्वीकृत भएको थियो ।

यसैगरी, बैठकले ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३’ भने सर्वसम्मतिले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री लिंथेपले नै उक्त विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव गर्नुभएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७