शिक्षा र खेलकुद सरकारको उच्च प्राथमिकतामा, बजेट २ खर्ब १८ अर्ब


२०८३ असार २२ सोमबार १८:०८ बजे

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै आगामी आर्थिक वर्षका लागि २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्।

राष्ट्रियसभामा सोमबार विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिँदै उनले यो रकम कुल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत रहेको जानकारी दिए।

मन्त्री पोखरेलका अनुसार आगामी वर्ष सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड, डिजिटल शिक्षा, सीपमूलक तालिम, विद्यालय पूर्वाधार, दिवा खाजा, अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय, तथा खेलाडीलाई नगद पुरस्कारलगायतका कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै सार्वजनिक विद्यालयको गुणस्तर सुधार, अनुसन्धानमा लगानी र प्राविधिक शिक्षाको विस्तारलाई पनि सरकारले प्राथमिकतामा राखेको उनले बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७