रास्वपाको नयाँ नेतृत्वको शपथ आजै साँझ ६ बजे, केही बेरमा नतिजा सार्वजनिक हुँदै

महाधिवेशन स्थलमै साँझ ६ बजे शपथ ग्रहणको तयारी


२०८३ असार १२ शुक्रबार १६:४३ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। मतदान सकिएसँगै अहिले मतगणना कार्य भइरहेको छ भने केही बेरमै आधिकारिक नतिजा घोषणा हुने तयारी छ।

पार्टीका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई आजै साँझ ६ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ। महाधिवेशनस्थलमै निर्माण गरिएको विशेष हलमा शपथ ग्रहण समारोह सञ्चालन हुने पार्टी स्रोतले जनाएको छ।

महाधिवेशनले पार्टीको आगामी कार्यदिशा तय गर्ने र नयाँ नेतृत्व चयन गर्ने भएकाले यसलाई रास्वपाको आन्तरिक राजनीतिमा निकै महत्वपूर्ण रूपमा हेरिएको छ। आज साँझसम्म नयाँ पदाधिकारीहरूले पदभार ग्रहण गरेसँगै रास्वपाले नयाँ सांगठनिक संरचनाका साथ आफ्नो यात्रा अघि बढाउनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७