रवि लामिछानेद्वारा सभापतिमा उम्मेदवारी दर्ता, प्रस्तावक वरिष्ठ नेता बालेन


२०८३ असार ९ मंगलबार १९:५३ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी नयाँ कार्यसमितिको केन्द्रीय सभापति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

चितवनमा जारी पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनको बन्दसत्र हलमा उनले केहीबेर अघि उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ।

लामिछानेको उम्मेदवारीको प्रस्तावकमा रास्वपाका वरिष्ठ नेता बालेन (बालेन्द्र) शाह बसेका छन्। निर्वाचन आयोगले तेस्रोपटक संशोधन गरेको नयाँ कार्यतालिकाअनुसार आज राति ७ बजेदेखि साढे ७ बजेसम्म सभापति पदको फारम वितरण र दर्ताको समय तोकिएबमोजिम उनले उम्मेदवारी दर्ता गराएका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७