म महामन्त्री पदका लागि मानसिक रुपमा तयार भइसकेँ : मनिष झा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बन्द सत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफू महामन्त्रीको जिम्मेवारीका लागि मानसिक रूपमा तयार भइसकेको बताएका हुन् ।
निर्वाचनको परिणामलाई लिएर आफू दृढ रहेको बताउँदै उनले भने, ‘म महामन्त्री पदका लागि मानसिक रूपमा तयार भइसकेँ । परिणाम जेसुकै होस्, म अब भिड्नका लागि तयार भइसकेँ ।’
महामन्त्री पदमा आफ्नो दाबीबारे भइरहेका चर्चाबारे उनले स्पष्ट पारे, ‘जसरी मिडियामा चर्चा आएको छ त्यो स्वीकारोक्तिका साथ आएको छ । जुन दाबी र अपेक्षा छ त्यसलाई स्वभाविक रूपमा लिन सकिन्छ ।’
आफ्नो राजनीतिक लक्ष्यबारे प्रष्ट पार्दै झाले आफूलाई देशको प्रधानमन्त्री वा पार्टीको सभापति हुने कुनै महत्त्वाकांक्षा नरहेको जिकिर गरे । उनले भने, ‘यो देशको प्रधानमन्त्री नै हुन्छु, पार्टीको सभापति नै हुन्छु भन्ने मेरो कहिलेपनि अपेक्षा छैन । तर अहिलेसम्म जुन तहसम्मको नेतृत्व लिएर आएँ, त्यो भन्दा अगाडि बढ्छु भन्ने अपेक्षा हुन्छ नै ।’
.gif)

.png)

