दक्षिण कोरियालाई हराउँदै मेक्सिको बन्यो नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली
मेक्सिको: फिफा विश्वकप-२०२६ को सहआयोजक मेक्सिको प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। ग्वाडालजारा स्टेडियममा आज सम्पन्न समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० को कठिन गोल अन्तरले पराजित गरेको हो।
खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरीमा सकाएका थिए। दुवै टोलीले गोल गर्ने राम्रो अवसरहरू सिर्जना गरे पनि फिनिसिङमा चुक्दा अग्रता लिन सकेका थिएनन्। खेलको ५० औँ मिनेटमा मेक्सिकाका लुइस रोमोले गरेको गोल नै टोलीका लागि निर्णायक साबित भयो।
यो जितसँगै मेक्सिको समूह ‘ए’ मा लगातार दुई जितसहित ६ अंक जोड्दै एक खेल बाँकी छँदै नकआउट चरणको यात्रा तय गर्न सफल भएको छ। यसअघि मेक्सिकोले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो।
उता, पराजित दक्षिण कोरियाको ३ अंक रहेको छ। पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गरेको कोरियाको नकआउट चरणमा पुग्ने सम्भावना अझै कायमै छ। नकआउट चरणमा विश्वभरबाट कुल ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
.gif)

.png)

