समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नाम सार्वजनिक (सूचिसहित)


२०८३ जेठ २० बुधबार १३:२७ बजे

काठमाडौं :  सरकारले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूको नाम र विस्तृत विवरण सार्वजनिक गरेको छ। बुधबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एक विशेष सूचना जारी गर्दै ती सञ्चालकहरूको विवरण सार्वजनिक गरेको हो। समितिले सार्वजनिक गरिएका सञ्चालकहरूको सम्पत्ति र बैंक खाताका बारेमा जानकारी उपलब्ध गराउन सर्वसाधारणलाई समेत अपील गरेको छ।

सूचनामा भनिएको छ, 'सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।” समितिले सञ्चालकहरूसँगै उनीहरूका परिवारका सदस्यहरूको नाममा लुकाइएको वा स्थानान्तरण गरिएको सम्पत्तिबारे पनि विवरण दिन आग्रह गरेको छ।

त्यस्तै, सार्वजनिक गरिएको विवरणमा कुनै प्राविधिक त्रुटि वा फरक परेमा सम्बन्धित व्यक्तिहरूलाई तत्काल समितिमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ। देशैभर समस्याग्रस्त सहकारीहरूको संख्या बढ्दै जाँदा बचतकर्ताको रकम सुरक्षित गर्ने र हिनामिना भएको सम्पत्ति खोजी गरी कानुनी दायरामा ल्याउने उद्देश्यले यस्तो कदम चालिएको समितिको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७