पत्रकार किशोर श्रेष्ठमाथि भइरहेको निगरानीप्रति भारतीय प्रेस एसोसिएसनको आपत्ति
राज्य संयन्त्रबाटै उत्पीडन हुनु निन्दनीय भएको ठहर गर्दै एसोसिएसनले विश्व समुदायको ध्यानाकर्षण गराएको छ।
काठमाडाैं : नेपाली सञ्चारकर्मी एवं विश्व प्रेस काउन्सिल्सका उपाध्यक्ष किशोर श्रेष्ठमाथि राज्यको तर्फबाट भइरहेको निगरानी, दबाब र उत्पीडनप्रति भारतको पत्रकार संगठन 'प्रेस एसोसिएसन'ले गम्भीर चिन्ता व्यक्त गरेको छ। सार्वजनिक सरोकारका विषयमा खोजी पत्रकारिता गरेका कारण श्रेष्ठमाथि समाचारको स्रोत खुलाउन दबाब दिने उद्देश्यले विभिन्न प्रकारका निगरानी तथा धम्कीको प्रयास भएको रिपोर्टप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै एसोसिएसनले कडा आपत्ति जनाएको छ।
एसोसिएसनका अध्यक्ष सि.के. नायकद्वारा जारी प्रेस वक्तव्यमा पत्रकारहरूलाई आफ्नो गोप्य स्रोत सुरक्षित राख्ने अधिकार लोकतान्त्रिक अभ्यासको आधारभूत मान्यता भएको उल्लेख गरिएको छ। कुनै पनि पत्रकारलाई स्रोत खुलाउन बाध्य पार्ने प्रयास प्रेस स्वतन्त्रतामाथिको सिधै हस्तक्षेप भएको ठहर गर्दै विज्ञप्तिमा पत्रकारमाथि हुने धम्की, दबाब, निगरानी र प्रतिशोधात्मक गतिविधिको कडा निन्दा गरिएको छ। साथै, श्रेष्ठविरुद्ध हुन खोजिएका यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित निकायसँग माग गर्दै उनको सुरक्षा र पत्रकारिता अधिकार सुनिश्चित गर्न समेत आग्रह गरिएको छ।
हाल विश्व प्रेस काउन्सिल्सका उपाध्यक्ष रहेका श्रेष्ठप्रति दरिलो ऐक्यबद्धता जनाउन अध्यक्ष नायकले नेपाल तथा विश्वका सञ्चार संस्था, प्रेस स्वतन्त्रताका पक्षधर र मानवअधिकारकर्मीहरूलाई विशेष आह्वान गरेका छन्। स्वतन्त्र र निर्भिक प्रेस नै लोकतन्त्रको अपरिहार्य आधार भएको उल्लेख गर्दै एसोसिएसनले पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
हाल विश्व प्रेस काउन्सिल्स को उपाध्यक्ष जस्तो गरिमामय पदमा रहेर अन्तर्राष्ट्रिय रूपमा समेत नेतृत्व गरिरहेका श्रेष्ठमाथि राज्य संयन्त्रबाटै उत्पीडन हुनु निन्दनीय भएको ठहर गर्दै एसोसिएसनले विश्व समुदायको ध्यानाकर्षण गराएको छ। अध्यक्ष नायकले नेपाल तथा विश्वभरका सञ्चार संस्थाहरू, प्रेस स्वतन्त्रताका पक्षधरहरू र मानवअधिकारकर्मीहरूलाई पत्रकार श्रेष्ठको पक्षमा दरिलो ऐक्यबद्धता जनाउन विशेष आग्रह गरेका छन्। स्वतन्त्र र निर्भिक प्रेस नै लोकतन्त्रको अपरिहार्य आधारस्तम्भ भएको उल्लेख गर्दै प्रेस एसोसिएसनले पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षाका लागि आफ्नो प्रतिबद्धता सदैव कायम रहने प्रेस वक्तव्यमा पुनः दोहोर्याएको छ।
.gif)

.png)

