अमेरिकाबाट नेपाल फर्किँदै गरेका एक वृद्धको जहाजभित्रै मृत्यु


२०८३ जेठ १७ आइतबार १३:०३ बजे

काठमाडौँ, १७ जेठ :  अमेरिकाबाट नेपाल फर्किँदै गरेका एक वृद्धको जहाजभित्रै मृत्यु भएको छ । टर्किस एयरलाइन्सको जहाजमार्फत नेपाल फर्किएका गोरखाका ७३ वर्षीय श्यामहरि मरहट्टाको मृत्यु भएको हो ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजभित्र उनी अचेत अवस्थामा भेटिएका थिए । उनलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले जानकारी दिए । उनका अनुसार मरहट्टा आफ्नी श्रीमतीसँगै अमेरिकाबाट नेपाल फर्किएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार कानुनी प्रक्रिया र मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) मा राखिएको छ । मृतकको मेडिकल पृष्ठभूमि (स्वास्थ्य अवस्था) लगायत अन्य विवरण भने खुल्न बाँकी रहेको विमानस्थलका प्रवक्ता कुमारले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७