एक्सट्रीम इनर्जी ड्रिङ्कको प्रायोजनमा दरबारमार्गमा ‘एक्सट्रीम स्याटर्डे’ हुँदै
जेठ ९ गते सडक उत्सवको भव्य तयारी
काठमाडौँः काठमाडौँको प्रमुख पर्यटकीय तथा व्यापारिक केन्द्र दरबारमार्गमा आगामी जेठ ९ गते (मे २३, २०२६) ‘१९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल’ आयोजना हुने भएको छ। यस वर्ष ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’ को मुख्य प्रायोजनमा हुन लागेको यो उत्सवलाई ‘एक्सट्रीम स्याटर्डे’ को रूपमा विशेष तथा ऊर्जावान् बनाइने तयारी गरिएको छ।
दरबारमार्ग विकास बोर्डको विशेष पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सले संयुक्त रूपमा यो महोत्सवको आयोजना गर्न लागेका हुन्। विगतका वर्षहरूमा झैँ यस पटक पनि नागरिकहरूले स्ट्रिट फेस्टिभलको सबै मनोरञ्जन पूर्ण रूपमा निःशुल्क लिन पाउने आयोजकले जनाएका छन्।
महोत्सवलाई पारिवारिक र सबै उमेर समूहका व्यक्तिहरूका लागि लक्षित गरी डिजाइन गरिएको छ। यस अन्तर्गत बालबालिकाका लागि विभिन्न मनोरन्जनात्मक खेलहरू, '३X३ बास्केटबल', 'ई–स्पोर्ट्स' प्रतियोगिता, परम्परागत सांस्कृतिक झाँकीहरू, 'कस्पले' र तस्बिर खिच्नका लागि आकर्षक फोटो बुथहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। साथै, सडक किनारमा विभिन्न स्वादका रैथाने तथा अन्तर्राष्ट्रिय खानाका स्टलहरू र पेय पदार्थहरूको व्यवस्था गरिनेछ।
सांगीतिक माहोललाई थप रोचक बनाउन एउटा मुख्य स्टेजका साथै सहायक स्टेजहरूमा डिजेहरूले प्रस्तुति दिनेछन्। यस पटकको सांगीतिक साँझमा नेपालका चर्चित गायक, गायिका तथा सांगीतिक ब्याण्डहरूको भिड लाग्ने भएको छ। महोत्सवमा प्रस्तुति दिने प्रमुख कलाकारहरूमा:
-
जोन एण्ड द लोकल्स
-
द एक्स ब्याण्ड
-
फोल्कट्रोनिक्स
-
एस टी म्यान
-
जे अथर
-
सालिन मगर एण्ड ब्याण्ड
-
प्रिजोल नेपाली एण्ड सरर
-
गन एल्भिस
यस भव्य सडक उत्सवलाई लोकप्रिय उद्घोषकहरू रेमन दास श्रेष्ठ, रुविष्का श्रेष्ठ, सुदित श्रेष्ठ र सलिना महर्जनले सञ्चालन गर्नेछन्।
काठमाडौँको सांस्कृतिक र पर्यटकीय पहिचान बनिसकेको दरबारमार्ग स्ट्रिट फेस्टिभलले सहरबासीलाई एकता र खुसी साटासाट गर्ने गन्तव्य दिँदै आएको छ। एक्सट्रीम इनर्जी ड्रिङ्कको सहकार्यले गर्दा यस वर्षको ‘एक्सट्रीम स्याटर्डे’ महोत्सव अहिलेसम्मकै भव्य, उत्साहजनक र यादगार हुने विश्वास आयोजक टोलीले लिएको छ।
.gif)

.png)

