सुनचाँदीको मूल्य घट्यो
स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (चैत ३०) तोलाको सुनको मूल्य दुई लाख ९६ हजार ७०० रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँले कम हो।
यसअघि सुन दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ७५ रुपैयाँले कमी भई चार हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अघिल्लो दिन चाँदी चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।
.gif)

.png)

