धादिङमा ईभी माइक्रोबस दुर्घटना

दुर्घटनामा १२ जना घाइते


२०८३ बैशाख १३ आइतबार १८:५२ बजे

काठमाडौं काठमाडौंबाट पोखराका लागि छुटेको एक विद्युतीय (ईभी) माइक्रोबस धादिङको आदमघाट नजिकै दुर्घटनामा परेको छ। पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–६ मा भएको उक्त दुर्घटनामा परी १२ जना यात्रु घाइते भएका छन्।

घटनाको विवरण:-
–गाडी नम्बर:  बा १३ च २९४१
–स्थान:  गजुरी–६, आदमघाट नजिकै
–घाइते संख्या:  १२ जना

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, घाइतेमध्ये ५ जनाको अवस्थालाई ध्यानमा राख्दै थप उपचारका लागि उनीहरूलाई काठमाडौं पठाइएको छ। अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। तीव्र गतिको विद्युतीय सवारी साधन अनियन्त्रित भई दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिए पनि प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७