बागमती किनारका सुकुमबासीको व्यवस्थापन प्रक्रियाका लागि लगत सङ्कलन
काठमाडौँ : काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुमबासी तथा भूमिहीनहरूको व्यवस्थापनका लागि शनिबारदेखि औपचारिक रूपमा लगत सङ्कलन सुरु भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरिएको यस कार्यमा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको संयुक्त टोली खटिएको छ।
.gif)

.png)

