पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारीको बैठक


२०८३ बैशाख ५ शनिबार १३:४८ बजे

काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।

सर्वोच्च अदालतमा दायर रिट खारेज भएपछि आन्तरिक छलफलमार्फत आगामी रणनीतिबारे परामर्श गर्न बैठक आह्वान गरिएको हो।

सचिवालयका अनुसार बैठक शनिबार दिउँसो साढे ३ बजे गोल्फुटारस्थित खड्का निवासमा बस्नेछ।

अदालतको निर्णय सार्वजनिक भएसँगै खड्का बिहानैदेखि निकटस्थ नेताहरूसँग छलफलमा जुटेका थिए। छलफलका क्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि खड्का निवास पुगेका थिए।

यस्तै, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले र उर्मिला थपलियालगायत नेताहरूले पनि खड्कासँग परामर्श गरेका छन्।

आन्तरिक छलफलपछि अदालतको निर्णयबारे आफ्नो धारणा र आगामी कदम सार्वजनिक गर्ने तयारी खड्काले गरेका छन्। 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७