सर्वोच्चमा कांग्रेसको आधिकारिकता विवाद : विश्वप्रकाश शर्माले बहस गर्ने


२०८३ बैशाख ४ शुक्रबार ११:३९ बजे

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा पार्टी आधिकारिकताको विषयमा सर्वोच्च अदालतमा आज विपक्षीको तर्फबाट  बहसमा सहभागी हुने भएका छन्।

विशेष महाधिवेशनलाई मान्यता नदिन भन्दै कांग्रेसका पूर्वसभापति पूर्णबहादुर खड्का ले दायर गरेको रिटमाथि बिहीबारदेखि सुनुवाइ सुरु भएको हो।

न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौला को इजलासमा बिहीबार रिटकर्ताका पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए। उक्त पक्षको बहस बिहीबार नै सकिएको छ।

आज शुक्रबार भने विशेष महाधिवेशनको पक्षबाट बहसका लागि समय छुट्याइएको छ। विपक्षीका तर्फबाट उपसभापति शर्मा सहित कानुन व्यवसायीहरूले धारणा राख्ने तयारी गरिएको छ।

उक्त रिटमा कांग्रेस सभापति गगन थापा, उपसभापति शर्मा तथा निर्वाचन आयोग लाई विपक्षी बनाइएको छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट बिहीबार अधिवक्ताहरू गोविन्द बन्दी, शेरबहादुर केसी, पंकज कर्ण र एगराज पोखरेललगायतले बहस गरेका थिए। त्यस्तै, सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले पनि सोही दिन बहस राखेका थिए।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७