इन्धन खपत घटाउन काठमाडौँ महानगरमा ‘कार पुलिङ्’ लागू


२०८२ चैत २९ आइतबार १२:२१ बजे

काठमाडौँ : इन्धन खपत घटाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आफ्ना कर्मचारीका लागि सवारी साधन प्रयोगमा ‘कार पुलिङ्’ प्रणाली लागू गरेको छ।

कार्यवाहक मेयर सुनिता डंगोलका अनुसार इन्धन अभावबाट सिर्जित वर्तमान अवस्था र त्यसको दीर्घकालीन प्रभावलाई न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको हो।

कार्यक्रमअन्तर्गत कर्मचारीलाई बसोबास क्षेत्रका आधारमा समूहमा विभाजन गरिएको छ। एउटै क्षेत्रमा बस्ने कर्मचारीहरूले पालैपालो आफ्नो सवारी साधन प्रयोग गर्दै सहकर्मीलाई ल्याउने–लैजाने व्यवस्था मिलाइनेछ। यसबाट कार्यालय आवतजावतमा प्रयोग हुने सवारी साधनको संख्या घट्ने र इन्धन खपत कम हुने अपेक्षा गरिएको छ।

उनका अनुसार विश्वव्यापी इन्धन अभावको अवस्थाबीच सवारी साधन पुरानै ढाँचामा सञ्चालन भइरहे अत्यावश्यक सेवा र कामका लागि समेत इन्धन अभाव हुने जोखिम रहेको छ। त्यसैले इन्धन प्रयोग घटाउनु अपरिहार्य भएको उनको भनाइ छ।

यसैबीच, महानगरपालिकाले ४८औँ कार्यपालिका बैठकमार्फत इन्धन कोटामा समेत कटौती गरिसकेको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७