हेमराज तामाङको ‘यो हाम्रो मिलन’ गीत सार्वजनिक (भिडियो)


२०८२ चैत २० शुक्रबार १९:२४ बजे

काठमाडौं । हेमराज तामाङको नयाँ गीत ‘यो हाम्रो मिलन’ सार्वजनिक भएको छ। नेपाल सरकारका सहसचिवसमेत रहेका तामाङले आफ्नै युट्युब च्यानल 'हेमराज तामाङ'मार्फत म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतको शब्द हेमराज तामाङले लेखेका हुन् भने गायनमा राजेन्द्र बजगाई र स्मीता प्रधानको स्वर रहेको छ। अडियो निर्माण मनोज परियारले गरेका छन्।

भिडियोमा सनम कथायत र पुनम श्रेष्ठको अभिनय देख्न सकिन्छ भने निर्माण एभरेस्ट ग्यालेरी टिमले गरेको हो । प्रेमभावमा आधारित यस गीतले दर्शक-श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। यसअघि नै हेमराज तामाङका करिब एक दर्जन गीतहरू सार्वजनिक भइसकेका छन्। यसका साथै, अन्य आधा दर्जन नयाँ गीतहरू पनि सार्वजनिक हुने तयारीमा रहेका छन्।

(भिडियो)

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७