काठमाडौँका विभिन्न क्षेत्रमा आज विद्युत् कटौती
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ।
प्राधिकरणले सूचना जारी गर्दै गोठाटार र बत्तीसपुतली फिडरअन्तर्गतका केही क्षेत्रमा बिजुली कटौती गर्न लागिएको जानकारी दिएको हो। बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती फिडरबाट वितरण हुने ११ केभी लाइन मर्मतका लागि विद्युत् अवरुद्ध गर्न लागिएको जनाइएको छ।
जीर्ण अवस्थामा रहेका पोल मर्मत तथा नयाँ पोल जडान गर्ने कार्यका लागि बिहान ११ बजेदेखि अपराह्न १:३० बजेसम्म पेप्सीकोला र टाउन प्लानिङ क्षेत्रमा विद्युत् कटौती हुनेछ।
त्यसैगरी मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा अपराह्न २ बजेदेखि ४ बजेसम्म विद्युत् कटौती हुने सूचनामा उल्लेख छ।
तोकिएको समयभन्दा अगाडि मर्मत कार्य सम्पन्न भएमा विद्युत् आपूर्ति नियमित रूपमा सञ्चालन गरिने प्राधिकरणले जनाएको छ। विद्युत् कटौतीबाट उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना पनि गरेको छ।
.gif)

.png)

