चुनाव बहिस्कार गर्दै आएका विप्लवले १८ वर्षपछि गरे मतदान
काठमाडौँ : नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन्।
यसअघि चुनाव बहिष्कार गर्दै आएका विप्लवले यस पटक भने आफ्नो पार्टीले निर्वाचनमा भाग लिएपछि मतदान गरेका हुन् । उनले परिवर्तन गाउँपालिका-३ थुनिकोटस्थित बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गरे ।
मतदान गर्न उनी बुधबार जन्म गाउँ इरिबाङ पुगेका थिए। पछिल्लो समय कपिलवस्तुमा बस्दै आएका विप्लव चुनावी प्रचारका क्रममा पनि रोल्पा पुगेका थिए ।
रोल्पा क्षेत्र–१ बाट उनको पार्टीका पोलिटब्युरो सदस्य चुडामणि वली चुनावी मैदानमा छन्।
.gif)

.png)

