दाङको बबईका मतदाता नो भोटको पक्षमा, अझै मतदान सुरु हुन सकेन
काठमाडौंः दाङको निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको बबई गाउँपालिका– १ को केही मतदान केन्द्रमा अझै मतदान सुरु भएको छैन।
वन्य जन्तु प्रभावित स्थानीयले ‘नो– भोट’ भन्दै आएका छन्। केही स्थानीयले समानुपातिक तर्फको मतदान गर्न सकिने बताएका छन्।
यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो। वन्यजन्तु र मानिस बिचको बढ्दो द्वन्द्वका कारण स्थानीयले पुर्नवास अर्थात् बस्ती स्थानान्तरण माग गर्दै आएका छन्।
यहाँका स्थानीय मतदाताले जसले आफूहरूलाई वन्य जन्तुबाट सुरक्षित वा अन्यत्र स्थानान्तर गर्न भूमिका खेल्छ उसैलाई मात्रै मत दिने र अन्यथा मतदानमै सहभागी नहुने बताउँदै आएका छन्।
राज्यले हामी माथि अन्याय गरेको छ त्यसैले हामीलाई न्याय नपाउने भएपछि हामी मतदानमा सरिक नभएको स्थानीयहरूले बताएका छन् । वडाध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार बबई– १ को जिलामा मतदाताले नो भोट भनेपछि मतदान सुरु हुन नसकेको बताए ।
निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीका अनुसार वडा नं १ को जिला मतदान केन्द्रमा ८८२ मतदाता छन्। सिंजालीका अनुसार ‘अहिले पनि छलफल जारी छ,’ ‘स्थानीय दलका प्रतिनिधि र सर्वसाधारणलाई सम्झाइ बुझाइ गर्ने प्रयास भई रहेको छ।’
.gif)

.png)

