रास्वपा महाधिवेशनमा मध्यरातदेखि मतदान जारी


२०८३ असार ११ बिहीबार ०७:२४ बजे

भरतपुर :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया जारी छ । भरतपुरमा जारी महाधिवेशनमा प्रतिनिधिहरूको बाक्लो उपस्थितिका बीच बुधबार मध्यरात १२: ०० बजेदेखि विद्युतीय मतदान प्रक्रिया आरम्भ गरिएको हो।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार, पार्टीको ९९ सदस्यीय केन्द्रीय समितिका लागि ३८४ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् । 

निर्वाचनलाई व्यवस्थित बनाउन ८० वटा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको छ। यसअघि नै पार्टीका सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएको छ। तोकिएको कार्यतालिका अनुसार, जारी मतदान प्रक्रिया आज बिहीबार दिउँसो १२: ०० बजेसम्म सञ्चालन हुनेछ।  महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूले लामो समय प्रतीक्षा गरेपछि आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७