यती एयरलाइन्सको आजका उडान स्थगित 


२०८२ फाल्गुण १९ मंगलबार १२:३१ बजे
फाइल तस्बिर

काठमाडौंः यती एयरलाइन्सले आज [२१ फागुन] काे  सबै उडान स्थगित गरेको छ । प्रतिनिधिसभा निर्वाचन परेकाले उडान स्थगित गरेकाे जनाएकाे हाे ।

कम्पनीले सूचना जारी गर्दै आज उडान नहुने बताएको हो । निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको छ । सोहीकारण कम्पनीहरूले चाहेमा उडान निरन्तर हुन्छ ।

यती एयरलाइन्सका अनुसार २२ फागुनदेखि भने उडान नियमित हुनेछ । काठमाडौंमा हवाई यात्रुका लागि सटल बस सुविधा उपलब्ध हुनेछ । तर, यस दिन अन्य विमानस्थलमा भने त्यस्तो सुविधा नहुँदा यात्रा सहज भने छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७