लिचीबारी घुस प्रकरण : रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश


२०८२ फाल्गुण १० आइतबार १८:३९ बजे

काठमाडौँ : पोखराको लिची बगैँचा जग्गासम्बन्धी घुस प्रकरणमा मुछिएकी नेतृ रञ्जिता श्रेष्ठलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

आइतबार विशेष अदालतमा उपस्थित भएपछि न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो।

गत २२ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा श्रेष्ठमाथि ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

अख्तियारका अनुसार तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासहितका व्यक्तिले कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई थमौती मिलाउन ५२ लाख रुपैयाँ लिएको तथा भूमि आयोगमा नियुक्तिका लागि २८ लाख रुपैयाँको डिल गरेको अडियो सार्वजनिक भएपछि छानबिन अघि बढाइएको थियो। सोही आधारमा मुद्दा दायर गरिएको हो। गुप्ता हाल पुर्पक्षका लागि कारागारमा छन्।

रञ्जिता श्रेष्ठ हाल नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध छिन्। विवादित जग्गासम्बन्धी निर्णय आफूअनुकूल गराउन घुसको लेनदेन भएको आरोप अभियोगपत्रमा उल्लेख छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७